कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ ।
जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी मालदह आँप १३० रुपैयाँ तथा दसहरी आँप १३० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भैरहेको छ । अनारको ३००, केरा १३० रुपैयाँ दर्जन, हरियो तरबुजा ६०, लोकल काक्रो ७०, भारतीय मेवा ९० किवि ५००, आभोकाडो ५५०, चुकुन्दर ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार लोकल सानो गोलभेडा २० र नेपाली ठुलो गोलभेडा ७०, अदुवा १८०, रातो आलु ६५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ८०, लौका ३०, कागती २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १०० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ४०, हाइब्रीड सेतो मूला २५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ७० र राजमा घिउ सिमी १३० रुपैयाँ, पाकेके फर्सी ६० र हरियो डल्लो फर्सी ५० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ६० र रायोको साग ७० रुपैयाँमा खरिदबिक्री हुनेछ ।
हरियो प्याज १५० र ब्रोकाउली १२०, चाइनिज सुकेको लसुन २४०, पुदिना रु ५०० प्रतिकिलो, गुन्द्रुक २५० , हरियो लसुन १५० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ५० र हरियो धनिया १५० रुपैयाँमा पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २३० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २४० र रहु माछा ३४० रुपैयाँमा किनबेच भइरहेको छ ।
दैनिक मूल्यहरु – वि.सं. साउन १४, २०८१


![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?fit=640%2C360&ssl=1)







![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया