तरकारीको मूल्यमा फेरि उछाल: कालिमाटीमा लसुन, धनियाँ, प्याज महँगियो

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १७ गते
तरकारीको मूल्यमा फेरि उछाल: कालिमाटीमा लसुन, धनियाँ, प्याज महँगियो

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको लागि मुल्य सार्वजनिक गरेको छ, जसअनुसार आज हरियो लसुन, धनिया र प्याजको मूल्य ठुलो अंकले बढेको छ ।

आज हरियो लसुन प्रतिकिलो न्युनतम ३५० रुपियाँमा बिक्री भइरहेको छ । हिजो २०० रुपियाँ रहेको लसुन किलोमै १५० रुपियाँले बढेको हो ।

आइतबार हरियो धनियाँको भाउ न्युनतम ३०० रुपियाँ थियो तर आज किलोमा १०० रुपियाँले महँगिएर न्युनतम ४०० रुपियाँ पुगेको छ ।

त्यस्तै, आज हरियो प्याज पनि १३० रुपियाँले बढेको छ । हिजो न्युनतम २२० रुपियाँमा किन्न पाइएको प्याज आजका लागि ३५० रुपियाँ तोकिएको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ १७, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स