SHAREHUBSHAREHUB

तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण १६ गते
AdvertisementAds
तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता
AdvertisementAds

आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् ।

पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् ।

उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् ।

आव २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए ।  सो आवमा रु ५१ लाख २१ हजार आठ सय राजस्व सङ्कलन भएको छ ।

आव २०७९/८० मा रु ६६ लाख चार हजार एक सय ६५ राजस्व सङ्कलन भएको थियो ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स