नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अब कहिल्यै सहकार्य नगर्ने र नझुक्किने प्रण गरेका छन्। उनले प्रचण्डलाई सधैं सबैलाई झुक्याउने प्रवृत्तिमा लागेका आरोप लगाए।
डा. भट्टराईले भने, “प्रसिद्ध भनाइ छ, केही समयको लागि सबैलाई झुक्याउन सकिन्छ, केहीलाई सधैं झुक्याउन सकिन्छ, तर सबैलाई सधैं झुक्याउन सकिँदैन। प्रचण्ड जस्ता लामो समयसम्म सत्तामा रहेका व्यक्तिहरूलाई लाग्छ कि सबैलाई सधैं झुक्याउन सकिन्छ। उनको पछिल्लो कदम त्यसैको उदाहरण हो।”
३५ वर्षको प्रत्यक्ष अनुभवबाट उनले गम्भीर आत्मसमीक्षा गरेका छन् र अब प्रचण्डसँग सहकार्यको संभावना नदेख्ने बताएका छन्। उनले थपे, “अब प्रचण्डबाट झुक्किनु वा नझुक्किनु भनेको सबैको व्यक्तिगत निर्णय हो। मैले ३५ वर्षको अनुभव र आत्मसमीक्षासहित अब कहिल्यै नझुक्किने प्रण गरेको छु।”







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया