ट्रम्प २३० र ह्यारिस २०० सिटमा विजयी, राष्ट्रपति बन्न २७० सिट जित्नुपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २१ गते
ट्रम्प २३० र ह्यारिस २०० सिटमा विजयी, राष्ट्रपति बन्न २७० सिट जित्नुपर्ने

अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारी रहँदा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प २३० सिटमा विजयी भएका छन्, भने डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले २०० सिटमा जित हासिल गरेकी छन्।

अमेरिकामा मंगलबार ५० राज्यमा ५३८ इलेक्टोरल भोट (सिट) कालागि निर्वाचन भएको थियो जसमध्ये अमेरिकी राष्ट्रपति बन्नका लागि कुल २७० सिटको बहुमत आवश्यक पर्छ ।

हालसम्म ५० मध्ये ३८ राज्यको नतिजा सार्वजनिक भइसकेको छ। तीमध्ये ट्रम्पले २४ राज्य र ह्यारिसले १४ राज्यमा जित हासिल गरेकी छन्।

ट्रम्पले यो चुनाव जितेमा चार वर्षपछि पुनः ह्वाइट हाउस फर्कनेछन्। भने, अर्कोतर्फ कमला ह्यारिस विजयी भएमा उनले पहिलो महिला राष्ट्रपति बनेर अमेरिकामा इतिहास रच्नेछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स