अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जिततर्फ अग्रसरता देखिएको छ।
पेन्सलभेनियाका १९ इलेक्ट्रोरल भोट ट्रम्पतर्फ जाने सम्भावना देखिएपछि रिपब्लिकन समर्थकहरूमा उत्साह थपिएको छ। यो नतिजाले ट्रम्पलाई २६६ इलेक्ट्रोरल भोटमा पुर्याउनेछ, राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० भोटको नजिक हो। सँगै विभिन्न अमेरिकी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले ट्रम्पको जीत सुनिश्चित हुने आकलन गरिसकेका छन।
ट्रम्पले फ्लोरिडास्थित आफ्नो चुनावी कार्यालयमा सम्बोधन गर्ने तयारी गरिरहेका छन्, जहाँ उनका समर्थकहरूको ठूलो भिड भेला भएको छ। अर्कोतर्फ, डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले मतगणना जारी रहँदा आजको तय गरिएको सम्बोधन रद्द गरेकी छिन्। उनको कार्यालयबाहिर समर्थकहरू सम्बोधनको प्रतीक्षामा थिए, तर प्रारम्भिक नतिजामा ट्रम्पले नर्थ क्यारोलिना र जर्जियासहितका स्विङ स्टेटहरूमा अग्रता देखाएपछि ह्यारिसको सम्बोधन स्थगित भएको बताइएको छ। ह्यारिसले बेलुका हाउवर्ड विश्वविद्यालयमा गर्ने भनिएको सम्बोधन पनि स्थगित गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।













![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया