आइसीसीले जारी टी-२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरेको छ । यो अहिलेसम्मका आइसीसी प्रतियोगिताकै सर्बाधिक पुरस्कार रकम भएको आइसीसीले जनाएको छ ।
आमेरिका र ववेस्ट इन्डिजमा जारी विश्वकपमा २० देशले खेलिरहेका छन् ।
यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ भने उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ ।
त्यसैगरी सेमिफाइनलमा पराजित हुने टिमले ७ लाख ८७ हजार ५०० डलर पाउने छन् भने सुपर ८ मा पुगेर बाहिरिएका देशले ३ लाख ८२ हजार ५०० डलर पाउने छन् ।
त्यस्तै नवौं देखि १२औं स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन् भने १३औं देखि २०औं स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन् । त्यस्तै यस विश्वकपमा फाइनलसम्म नै हरेक खेल विजेता देशले हरेक जितको ३१ हजार १५४ डलर पाउने आइसीसीले जनाएको छ ।
यस प्रतियोगितामा कुल ४० खेल हुने छन् । २० देशले भाग लिएको यस विश्वकपमा ५ देशलाई एक समुहमा राखेर चार समुह बनाइएको छ । हरेक समुहमा एक अर्कासँग एक एक पटक खेलेपछि शिर्ष २ देश सुपर ८ मा पुग्ने छन् ।
विश्वकपको फाइनल खेल जुन २४ मा बार्बाडोसको केंसिंगटन ओभल स्टेडियम मा हुने छ ।
#bajarkochirfar












![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया