चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी ऋण हुने सञ्चालक बन्न आयोग्य

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र ९ गते
चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी ऋण हुने सञ्चालक बन्न आयोग्य
AdvertisementAds

अर्थमन्त्रालयले बैंकर र व्यवसायी छुट्याउनको लागि बैंकबाट व्यावसायिक ऋण लिएका व्यक्तिलाई सञ्चालक बन्न कडाइ गर्ने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन हुने भएको छ |बिहीबार अर्थमन्त्री वर्षमान पुनले संसदमा बाफिया संशोधन विधेयक प्रस्तुत गर्दै चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी व्यावसायिक ऋण छ भने त्यस्तो व्यक्ति बैंक सञ्चालक बन्न आयोग्य हुने व्यवस्था प्रस्ताव गरेका हुन् ।

प्रस्तावित बाफिया संशोधनमा भनिएको छ, ‘सम्बद्ध व्यक्ति वा निजको परिवार वा निज र निजको परिवार सम्बद्ध कम्पनी वा संस्थाले लिएको कुल व्यावसायिक ऋण निज सञ्चालक हुन चाहेको बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजीको एक प्रतिशतभन्दा बढी भएको सञ्चालक हुन योग्य हुनेछैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स