परराष्ट्रमन्त्री आरजु राणा देउवा चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु भ्रमणमा जाने भएकी छन्। आगामी बिहीबार छेन्दु जाने र शनिबार नेपाल फर्कने कार्यक्रम रहेको छ।
छेन्दुमा चिनियाँ परराष्ट्रमन्त्री वाङ लीसँगको विशेष भेटवार्ता गर्न मन्त्री राणा जाने भएकी हुन्।विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेण्डाहरूमा छलफल केन्द्रित हुने भएकाले यो भेटलाई विशेष महत्त्वका साथ हेरिएको छ ।
प्रधानमन्त्री ओलीले बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) अन्तर्गत ऋणसहितको कार्यक्रम अघि बढाइसकेको भए पनि मन्त्री राणाको पार्टी नेपाली कांग्रेसले अनुदान मात्र स्वीकार गर्ने निर्णय गरिसकेको छ। यो सन्दर्भमा, दुवै परराष्ट्रमन्त्रीले बीआरआई अन्तर्गत अनुदानमा कार्यक्रम सञ्चालन गर्ने तथा प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउनका उपायहरूबारे छलफल गर्ने कार्यक्रम रहेको छ।
छेन्दु भ्रमणपछि मन्त्री राणा प्रधानमन्त्रीको भ्रमण टोलीमा सामेल हुँदै चीनको राजधानी बेइजिङ जानेछिन्। मन्त्री राणाको छेन्दु भ्रमण तालिकालाई सोमबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ।
















प्रतिकृया