घट्न थाल्यो सुनको मूल्य, मंसिरमा बिहे गर्नेहरूलाई राहत

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २९ गते
घट्न थाल्यो सुनको मूल्य, मंसिरमा बिहे गर्नेहरूलाई राहत

पछिल्लो समय सुनको मूल्य एकाएक उकालो लागेको थियो। हरेक दिन सुनको मूल्यले नयाँ उचाइको रेकर्ड कायम गरेको थियो। तर एक हप्ता अगाडि डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा रूपमा पुनरागमन भएसँगै सुनको मूल्य ओरालो लाग्ने क्रम रहेको छ जसले मंसिरमा विवाह गर्नेहरूलाई राहत मिलेको छ। 

“दशैंसम्म त सुनको मूल्य यति धेरै बढेको थियो कि विवाह गर्नै नसकिने जस्तो भएको थियो। अहिलेको घटेको मूल्यले हामीलाई राहत मिलेको छ, र अझै घटे झन राम्रो हुन्थ्यो।”” पोखराका प्रकाश पौडेलले भने। 

ट्रम्पको निर्वाचन परिणाम सार्वजनिक भएको दिन कार्तिक २१ मा सुन तोलाको मूल्य एक लाख अडसठ्ठी हजार पाँचसय रुपैयाँमा थियो, तर आज २०८१ साल कार्तिक २९ सम्म आइपुग्दा मूल्य तोलामा आठ हजार पाँच सयले घटेर एक लाख साठ्ठी हजारमा झरेको छ। यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य  कार्तिक २१ मा तोलाको दुई हजार पन्ध्र रुपैयाँ थियो, तर अहिले एक हजार नौ सय पचास रुपैयाँमा झरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स