चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले उल्लेखनीय आर्थिक सुधार देखिएको छ। समिक्षा अबधिमा कम्पनीले १ करोड १ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ९८८.९० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले केवल ९ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढ्यो
लघुवित्तले खुद ब्याज आम्दानीमा १४२.०८ प्रतिशतले वृद्धि गर्दै ३ करोड १४ लाख रुपैयाँ पुर्याएको छ। कम्पनीले सम्भावित जोखिम बापतको प्रोभिजन रकमलाई ६५.४६ प्रतिशतले घटाएको छ, जस कारण नाफामा प्रत्यक्ष सुधार देखिएको हो।
गुराँस लघुवित्तको प्रतिसेयर आम्दानी ३१.४१ रुपैयाँले बढेर ३५.०९ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १३१.९७ रुपैयाँ पुगेको छ।कम्पनीको चुक्ता पुँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ करोड ७० लाख रुपैयाँ सञ्चित छ। ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया