SHAREHUBSHAREHUB

गणतन्त्र दिवसको अवसरमा गृहमन्त्रीको घोषणाः महिला ट्राफिक प्रहरीले महिनावारीको समयमा डिउटी गर्न नपर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १५ गते
AdvertisementAds
गणतन्त्र दिवसको अवसरमा गृहमन्त्रीको घोषणाः महिला ट्राफिक प्रहरीले महिनावारीको समयमा डिउटी गर्न नपर्ने
AdvertisementAds

महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्न नपर्ने ,बिदा पाइने भएको छ ।

आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा यस्तो घोषणा गरेका हुन् । लामिछानेले महिनाको ४ दिन महिला ट्राफिक प्रहरीको सट्टा मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुलाई स्वयम् सेवकका रुपमा खटाइने बताए ।

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको  साटो सडकमा सघाउनुहुनेछ’ भनेका छन् ।

#bajarkochirfar

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स