महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्न नपर्ने ,बिदा पाइने भएको छ ।
आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसरमा यस्तो घोषणा गरेका हुन् । लामिछानेले महिनाको ४ दिन महिला ट्राफिक प्रहरीको सट्टा मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुलाई स्वयम् सेवकका रुपमा खटाइने बताए ।
गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ’ भनेका छन् ।
#bajarkochirfar







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया