के भोलिबाट इसेवामा १०० रुपैयाँ भन्दा बढी पैसा पठाउँदा १० रुपैयाँ लाग्छ ? के हो वास्तविकता

के भोलिबाट इसेवामा १०० रुपैयाँ भन्दा बढी पैसा पठाउँदा १० रुपैयाँ लाग्छ ? के हो वास्तविकता

बुधबार साँझ भोलिबाट इसेवामा एक व्यक्तिले अर्को व्यक्तिको खातामा १०० रुपैयाँ भन्दा बढी पैसा पठाउँदा १० रुपैयाँ चार्ज लाग्ने भनिएको एक पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। इसेवाको फेसबुक पेजबाट केही समय अघि सार्वजनिक भएको उक्त पोस्ट अहिले भने इसेवाले हटाई सकेको छ।

इसेवाको पेजबाट सार्वजनिक उक्त पोस्टमा ‘यही अगस्ट १, २०२४ देखि व्यक्तिगत खाताबाट Send Money गर्दा दिनमा ३ पटक गरि महिनामा ३० वटा सम्म कारोबारहरु निःशुल्क रहनेछ भने सो भन्दा बढीको हरेक रु. १०० भन्दामाथिको कारोबारमा रु. १० शुल्क लाग्ने व्यहोरा जानकारी गराउन चाहन्छौं। साथै रु. १०० भन्दा थोरैको कारोबारमा भने कुनै किसिमको शुल्क लाग्नेछैन ।’ लेखिएको थियो।

सरकारको नियमपछि इसेवाको कदम

आर्थिक विधेयक मार्फत आयकर ऐन २०५८ मा दफा ८१ ‘क’ थप गर्दै ‘कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन’ व्यवस्था गरिएको थियो।

आर्थिक ऐन २०८१ ले गरेको व्यवस्था अनुसार आन्तरिक राजस्व विभागले गत आषाढ ११ गरे व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न सूचना जारी गरेको थियो। इसेवाले सोही अनुरूप व्यक्तिगत खातामा हुने व्यवसायिक कारोबार निरुत्साहन गर्न यस्तो नीति अगाडि सारेको हो।
1722434917337 https://bajarkochirfar.com/%e0%a4%95%e0%a5%87-%e0%a4%ad%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%88%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a5%a7%e0%a5%a6%e0%a5%a6-%e0%a4%b0%e0%a5%81 | %tags

व्यक्तिगत कारोबारका लागि असर नगर्ने

सो पोस्टमा धेरै व्यक्तिहरूले इसेवाको यो कदम डिजिटल वालेटको कन्सेप्टसँग विरोधाभास भएको बताउँदै असहमति जनाएका छन्। इसेवाका एक आधिकारिका अनुसार व्यवसायिक प्रयोजनका लागि व्यक्तिगत खाताको प्रयोग बढ्न थालेपछि सरकारको निर्देशन अनुरूप यो कदम अगाडि सारेको हो। यो नीतिले व्यक्तिगत प्रयोजनका लागि इसेवा  प्रयोगगर्नेहरूलाई भने असर नगर्ने जानकारी दिए।

उनले भने,‘ इसेवा बाट एउटा व्यक्तिले अर्को व्यक्तिको खातामा पैसा पठाउँदा दैनिक ३ वटा र मासिक ३० ओटा कारोबार पछि मात्र १०० रुपैयाँ बढीको कारोबारमा १० रुपैयाँ चार्ज लाग्ने हो। यसले व्यक्तिगत कारोबारमा लागि इसेवा प्रयोग गर्नेहरूलाई असर गर्दैन। ’

व्यवसायिक खातामा कारोबार गर्दा चार्ज लाग्दैन

इसेवाका बिजनेस हेड आशिष गौतमले इसेवा बाट ‘फोनपे क्यूआरमा’ पैसा पठाउँदा साथै इसेवा बाट हुने युटिलिटी पेमेन्टमा अतिरिक्त चार्ज नलाग्ने जानकारी दिए।

अन्य वालेटमा पनि यही हुने

ईसेवा मात्र नभएर अन्य डिजिटल वालेट कम्पनीहरुपनि एक खाताबाट अर्को व्यक्तिगत खातामा पैसा पठाउँदा चार्ज लाग्ने नीति लिने तयारीमा रहेको बुझिएको छ। यस अघि केवासीको अनिवार्य कालागि एकैठाउँमा उभिएका डिजिटल वालेट कम्पनीहरु यस विषय पनि संयुक्त रूपमा अगाडि सार्ने तयारीमा जुटेका हुन।

सट्टेबाजीलाई निरुत्साहन

पछिल्लो समय नियमनलाई छलेर सट्टेबाजी सम्बन्धी कारोबारको लागि डिजिटल वालेटको प्रयोग हुँदै आइरहेको थियो। डिजिटल वालेटहरुको यो कदमले सट्टेबजी केही हदसम्म निरुत्साहन हुने विश्वास वालेट कम्पनीहरुले लिएका छन्।

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स