कुरिनटारमा गो ई-स्टप खोलिएसंगै राजमार्ग यात्राको अनुभवमा नयाँ परिवर्तन

कुरिनटारमा गो ई-स्टप खोलिएसंगै राजमार्ग यात्राको अनुभवमा नयाँ परिवर्तन

नेपालको राजमार्ग यात्राको अनुभवमा नयाँ परिवर्तन आएको छ। गत शनिबारबाट कुरिनटारमा गो ई-स्टप खोलिएसंगै नेपालमा दोस्रो दिगो विश्राम क्षेत्र थपिएको हो। गो ई-स्टप अन्तर्गत ईभी चार्जिङ स्टेसन, रेस्टुरेन्ट, र  सार्वजनिक शौचालयहरू पनि छन् जसले यात्रीहरुको आराम र सुविधा बढाउने भएको छ। नेपालको पहिलो ई-स्टप मुलकोट, रामतारमा विगत एक वर्षदेखि संचालन भइरहेको छ।

कुरिनटारमा आयोजित उदघाटन समारोहमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, उद्योगका नेताहरू, विदेशी साझेदारहरू र दिगोपनका वकिलहरू सहित अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले यस सुविधाले नेपालको दिगो यातायाततर्फ महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

उद्घाटन सम्बोधनमा घिसिङले नेपालको यातायात क्षेत्रमा दिगो पूर्वाधारको विकासमा गो ई-स्टपको भूमिकालाई जोड दिएका छन् । उनले भने “गो ई-स्टप स्थापना गर्नु हरियाली र अधिक दिगो भविष्यतर्फको महत्त्वपूर्ण कदम हो। विद्युतीय सवारीको प्रयोगलाई बढावा दिएर, हामीले हाम्रो कार्बन फुटप्रिन्ट मात्र नघटाएर ऊर्जा  र सफा हावाको लागि पनि मार्ग प्रशस्त गरिरहेका छौं”

सोहि उद्घाटन कार्यक्रममा सहभागीहरूले नेपालमा दिगो भविष्यबारे पनि छलफल गरेका छन् । कुरिनटारको सफल सुरुवातसँगै, गो ई-स्टपले नेपालभरि आफ्नो सञ्जाल विस्तार गर्न तयार भएको छ जसले पर्यावरण-मैत्री यात्रा समाधानहरू प्रदान गर्ने आयोजकहरूको  भनाइ रहेको छन् ।

#Bajarkochirfar #bazarjochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स