कुमारी बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा विशेष छुट

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १७ गते
कुमारी बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा विशेष छुट

कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच कुमारी बैंकका ग्राहक र उनीहरूका परिवारका सदस्यहरूलाई हवाई यात्रामा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको छ।यस  सम्झौताअनुसार श्री एयरलाइन्सका काउन्टरहरूबाट टिकट खरिद गरी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा पाँच सय रुपैयाँ छुट प्राप्त गर्न सकिनेछ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ।

कुमारी बैंकले विगत २३ वर्षदेखि देशभरका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर, र ५९ शाखारहित बैंकिङ इकाइहरू मार्फत ग्राहकहरूलाई प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।


 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स