कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मुल्य सार्वजनिक गरेको छ जसअनुसार आज गोलभेंडा र तनेबोडीको मूल्य घटेको छ।
हिजो औसत ६५ रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको ठूलो गोलभेंडा आज ५५ रुपियाँमा झरेको छ, जसले गोलभेंडाको मूल्य १० रुपियाँले घटाएको छ। यस्तै, तनेबोडीको मूल्य पनि हिजोको ७५ रुपियाँबाट १० रुपियाँले घटेर ६५ रुपियाँमा पुगेको छ।
माछाको मूल्यमा पनि गिरावट आएको छ। छडी माछाको मूल्य हिजोको तुलनामा १५ रुपियाँले घटेर आज २४० रुपियाँ प्रतिकिलोमा सीमित भएको छ।
त्यस्तै आज सुकेको प्याज १२३ रुपियाँ, लोकल काउली ११० रुपियाँ, घिउसिमी ८५ रुपियाँ, लौका ५५ रुपियाँ, परवर ४५ रुपियाँ, स्कुस २५ रुपियाँ, हरियो प्याज २२६ रुपियाँ, कन्य च्याउ १८६ रुपियाँ, र डल्ले च्याउ प्रतिकिलो ३७६ रुपियाँमा कारोबार भइरहेको छ।














![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया