कार्यदलमा चार बुँदे सहमति

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १५ गते
कार्यदलमा चार बुँदे सहमति

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ ।

मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । कार्यदलले गरेको सहमति प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएपछि मात्र सहमतिका बुँदा सार्वजनिक गर्ने जनाएको छ । अहिले कार्यदलले प्रधानमन्त्री दाहाललाई सहमति बुझाउन लैजाँदै छ ।

कार्यदलमा कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा महेश बर्तौला, जीवन परियार र शिशिर खनाल सदस्य रहेका छन् ।

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स