कांग्रेस–एमाले गठबन्धनलाई साथ दियो जसपाले, माओवादी रास्वपाको साथ

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १८ गते
कांग्रेस–एमाले गठबन्धनलाई साथ दियो जसपाले, माओवादी रास्वपाको साथ

जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको परिवर्तित अवस्थामा बनेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताए ।

उनले भने, ‘सरकारमा जाने–नजाने कुरा पछि को हो तर अहिले हाम्रो समर्थन नयाँ गठबन्धनलाई रहन्छ ।’

माओवादी–एमाले गठबन्धनको पालामा जसपा नेपाल विभाजन भएको थियो । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जसपा नेपाल आफूले फुटाएको भनी अभिव्यक्ति दिएका थिए ।

सत्ता गठबन्धनमा माओवादी अहिले एक्लै देखिएको छ । एमाले र कांग्रेसले गठबन्धन बनाएका छन् । त्यो गठबन्धनमा कुन कुन दल रहने भन्ने निश्चित भएको छैन त्यसैबीच जसपा नेपालले आफू नयाँ गठबन्धनसँगै रहने जानकारी दिएको छ ।

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स