नेपाली कांग्रेस एमालेसंग सत्ता सहकार्यको समझदारी स्वीकृत गर्न बैठक बस्दैछ। ।
बैठक आज बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो । कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।
सोमबार राति एमाले र कांग्रेसबीच नयाँ सरकार गठनका लागि समझदारी भएको भनिए पनि हस्ताक्षर गरिएको सहमतिको प्रति अहिलेसम्म सार्वजनिक भएको छैन।
#bajarkochirfar #bazarkochirfar







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया