नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भनेर प्रचार गर्नेहरुलाई जवाफ दिएका छन्।
दरबारमार्गमा आयोजित सभामा महासचिव पोखरेलले आरोप प्रमाणित गर्न सक्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दान दिने प्रस्ताव गरे। उनले कम्बोडियामा लगानीको आरोप खण्डन गर्दै एमालेले भ्रष्टाचार नगर्ने र गर्न नदिने बताए।
यसअघि, दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको भन्दै फर्जी कागजात सार्वजनिक गरेका थिए, जसको कारण उनलाई प्रहरी नियन्त्रणमा लिइएको छ।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया