एमालेका मन्त्रीहरुले राजीनामा दिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १८ गते
एमालेका मन्त्रीहरुले राजीनामा दिँदै

नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने र आलोपालो सरकार चलाउने दुई ठुला दलबिच सहमति भएको थियो । अहिले एमालेका मन्त्रीहरू राजीनामा दिन जाने तयारी गरिरहेका छन।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच बालकोटमा भएको भेटघाटले राष्ट्रिय राजनीति तरंगित भएको थियो। सोमबार मध्यरातमा दुई राजनीतिक दलका शीर्ष नेता नयाँ सरकार बनाउने सन्देश लिएर शीतल निवासमा पुगेका थिए।

उता, नेपाली कांग्रेसले नयाँ सरकार गठनबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक ९ बजे निवास बूढानीलकण्ठमा बस्नेछ ।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स