प्राप्ति प्रक्रिया पूरा भएपछि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)ले सोमबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
नियामक नेपाल राष्ट्र बैंकले विद्यमान भुक्तानी तथा फर्स्यौट विनियमावली बमोजिम एकीकृत कार्य प्रारम्भ गर्न अन्तिम स्वीकृति दिएपछि औपचारिक रूपमा नेपाल क्लियरिङ हाउस लिमिटेको नामबाट कारोबार हुने भएको हो ।
यस प्राप्तिपछि विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालको परिकल्पनालाई पूरा गर्न उक्त क्षेत्रलाई आधुनिकीकरण तथा अन्तरआबद्धता कायम गर्न र यससम्बन्धी दूरगामी परियोजनाहरूको सफल कार्यान्वयनको लागि राष्ट्रिय भुक्तानी स्विच लगायतका थप पूर्वाधारहरू विस्तार गर्न सहयोग हुने अपेक्षा गरिएको छ ।
#BajarkoChirfar










![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)





प्रतिकृया