एकैदिन ५ कम्पनीको लाभांश घोषणा, कसले कति दिँदैछन् ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १४ गते
एकैदिन ५ कम्पनीको लाभांश घोषणा, कसले कति दिँदैछन् ?
AdvertisementAds

आज बुधबार एकैदिन ५ कम्पनीले लाभांस घोषणा गरेका छन्। नबिल बैंक, सोल्टी होटल, फर्स्ट माइक्रोफाइनान्स, र विन्ध्यावासीनी हाइड्रोपावरले आज गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांस दिने घोषणा गरेका छन् भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भने यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ। 

नबिल बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। बैंकको यो प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र सेयरधनीहरूले पाउनेछन्। 

सोल्टी होटलले पनि आफ्नो गत आवको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र २६.८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। होटलले आफ्नो लाभांश प्रस्तावलाई पारित गर्न पुस ४ गते वार्षिक साधारणसभा बोलाएको छ, जसका लागि मंसिर १३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरिएको छ। यस आधारमा मंसिर १२ गतेसम्म कायम रहेका सेयरधनीहरू साधारण सभामा सहभागी हुन र लाभांशका लागि योग्य हुनेछन्।

विन्ध्यावासीनी हाइड्रोपावरले ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। कम्पनीको आगामी साधारणसभाले यो प्रस्ताव पारित गरेपछि मात्रै लाभांश वितरण हुनेछ। यस्तै, फर्स्ट माइक्रोफाइनान्सले ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) दिने घोषणा गरेको छ, जुन नेपाल राष्ट्र बैंक र साधारणसभाको अनुमोदनपछि मात्र सेयरधनीहरूलाई उपलब्ध गराइनेछ।

यस बीच, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भने यस पटक लाभांश वितरण नगर्ने निर्णय गर्दै, गत वर्षको ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँ खुद मुनाफा बैंकको वित्तीय सुधारका लागि सञ्चित गर्ने निर्णय गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स