राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २७ गते
राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौंमा बिहीवार भन्सार विभागको कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएका छन्। उनले राजश्व परिचालनमा कुनैपनि सम्झौता नहुने उल्लेख गरेका छन् ।उनले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायलाई  ध्यानाकर्षण गराए  । उनले अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौति रहेको बताएका छन् । उनले कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजश्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने बताए।
उनले  भने , ‘हाम्रो अर्थतन्त्र अहिले दबाबमा छ । राजश्व परिचालनका दृष्टिकोणले हाम्रा सामुन्ने चुनौतिहरु छन् । यो दबाब व्यक्तिगत रुपमा पनि अत्यन्त गहिरो गरी अध्ययन गरेको छु । अहिले मैले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि जे—जे देखिरहेको छु, हाम्रा सामुन्नेमा कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी छन् । यदी हामी राजश्व परिचालनमा प्रभावकारी हुन सकेनौँ भने हामीले कसरी अघि बढ्न सकौँला त्यो चिन्ता र दबाबमा म अहिले पनि छु । त्यसैले म साथीहरुलाई के आग्रह गर्न चाहन्छु भने यहाँ राम्रोसँग काम गरिदिनुस्, के राम्रो, के नराम्रो, के गर्नुपर्छ, के गर्नुपर्दैन, यहाँहरुलाई राम्रोसँग थाहा छ । कहाँ टाल्नुपर्छ, कहाँ नट बोल्ट कस्नुपर्छ त्यो यहाँहरुलाई थाहा छ । जे थाहा छ, त्यत्ति गरिदिनु भयो भने पुग्छ । राजश्वको लक्ष्य पूरा गर्ने कुरामा लक्ष्य पूरा गर्ने मात्रै होइन, कतिपय ठाउँमा लक्ष्य क्रस गर्न पनि सकिने अवस्था छ । राजश्वको लक्ष्य पूरा गर्ने र राजश्व परिचालनको अधिकतम सम्भवना पूरा गर्ने हिसावले अघि बढ्नुहोला । राजश्व परिचालनमा कुनैपनि कम्परमाइज हुनेछैन । यहाँहरुले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्नु होला ।’

उपप्रधानमन्त्री पौडेलले सेवाग्राहीसँग सहृदयी र मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गरे । सरुवा, बढुवाको प्रश्ताव लिएर कोही पनि नआउन समेत आग्रह गरेका छन  । —न्युज एजेन्सी नेपाल

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स