उपनिर्वाचन विशेष: ३७६ जना उम्मेदवारले पाए निर्वाचन चिन्ह, कसलाई के पर्यो?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ६ गते
उपनिर्वाचन विशेष: ३७६ जना उम्मेदवारले पाए निर्वाचन चिन्ह, कसलाई के पर्यो?

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूलाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ। आयोगले बुधबार २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित ३७६ जना उम्मेदवारलाई चिन्ह प्रदान गरेको हो।

जिल्ला समन्वय समिति ओखलढुंगा, कैलाली, र रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका कारण यी तीन स्थानमा निर्वाचन हुने छैन। बाँकी ४१ स्थानमा विभिन्न पदका लागि उम्मेदवारी दिएका उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमार्फत चिन्ह वितरण गरिएको हो।

३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि आयोगले अन्तिम रूपमा ३७६ उम्मेदवारको नामावली प्रकाशन गरेको हो।

क्लिक गरेर हेर्नुहोस पुरा नाम र चुनाब चिन्न

Final_Candidate_List_with_Symbol

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स