प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअप उद्यमलाई सम्पत्ति धितो राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् ।
आज काठमाडौँमा आयोजित ‘स्टार्टअप नेसन–२०३०’ कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले स–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योग स्थापना र विस्तार गर्न स्टार्टअप उद्यम सहयोगी हुने हुँदा बैंकहरुले ऋण लगानीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
प्रधानमन्त्रीले भने, ‘नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्नुपर्छ। आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाइनुपर्छ। यसमा सरकारको मात्रै नभई बैंकहरुको पनि सहयोग चाहिन्छ।’ यस्ता उद्यमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने उनको भनाइ छ।
‘हामीले प्रविधि, सीप र पुँजीका आधारमा सिंगो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता वृद्धि गर्नुपर्छ। सरकारले लगानी गरेका कुनै पनि स्टार्टअप असफल हुनुहुन्न। यसलाई अभियानका रूपमा लैजानुपर्छ । देशको समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरणमा कमी गर्दैन’, प्रधानमन्त्री ओलीले भने।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, नेपाल उद्योग वाणिज्य महाङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत सहभागी रहेको उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने बताएका छन्।












![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






प्रतिकृया