इन्टरनेट नचलेपछि रिसाएर प्रयोगकर्ताले फोडेको राउटरको फोटो सामाजिक सञ्जालमा भाईरल

इन्टरनेट नचलेपछि रिसाएर प्रयोगकर्ताले फोडेको राउटरको फोटो सामाजिक सञ्जालमा भाईरल

नेपालमा पछिल्लो समय बारम्बार इन्टरनेटमा समस्या देखिन थालेको छ। गत महिना २१ गते इन्टरनेट सेवा प्रदायकले भारतीय कम्पनीलाई ‘ब्यान्डविथ’ खरिदबापतको रकम भुक्तानी गर्न नसक्दा इन्टरनेट सेवा अवरुद्ध भएको थियो। आज पनि वर्ल्डलिंक, सुबिसु, भायानेटको इन्टरनेटमा समस्या देखिएको छ।

प्रयोगकर्ताहरू घरी इन्टरनेट चल्ने घरी इन्टरनेट नचल्ने समस्या भोगिरहेका छन्। सेवा प्रदायकका अनुसार सुनौली नाकामा अप्टिकल फाइबरमा समस्या आउँदा आज बिहान ११ बजेबाट इन्टरनेटमा समस्या आएको हो। यसबारे इन्टरनेट सेवा प्रदायकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

अहिले धेरै काम इन्टरनेटबाटनै हुने हुँदा बारम्बार इन्टरनेट जाने कारणले प्रयोगकर्ताका विभिन्न काम अड्किने गरेका छन्। आज पुन: इन्टरनेटमा समस्या देखिएपछि एक इन्टरनेट सेवा प्रदायकको राउटर फोडको फोटोले यतिबेला सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ।

438094928 990580812459922 5653117680118043549 n https://bajarkochirfar.com/%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0%e0%a4%a8%e0%a5%87%e0%a4%9f-%e0%a4%a8%e0%a4%9a%e0%a4%b2%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a4%be%e0%a4%8f%e0%a4%b0 | %tags
Photo Source: Internet
Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स