‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २१ गते
‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण
AdvertisementAds

चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट भेगस्थित ऐतिहासिक ‘दैबुजल गुफा’को अन्वेषण गरिएको छ । चन्द्रागिरिको सहकार्यमा त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागले संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको प्राविधिक सहयोग नेपालमा पहिलो पटक ‘इआरटी प्रविधि’को प्रयोग गरी पुरिएको सो पुरातात्विक गुफाको अन्वेषण सम्पन्न गरेको हो ।

इआरटी प्रविधि अर्थात् ‘इलेक्ट्रिकल रेसिस्टिभिटी टोमोग्राफी ’को प्रयोग गरी पुरिएको गुफा क्षेत्रमा अन्वेषण गरिएको हो । इआरटी विद्युतीय प्रवाहका आधारमा जमिनमुनिको वस्तुस्थिति पत्ता लगाउने प्रविधि हो । यस परियोजनामा करिब २०० मिटर लम्बाइ र करिब ४० मिटर गहिराइसम्म पुग्ने गरी दुई स्थानमा करेन्ट प्रवाह गरी खोजी गरिएको अन्वेषणमा संलग्न जियोलोजिस्ट खगेन्द्र दाहालले जानकारी दिए ।

चन्द्रागिरि– ४ स्थित थानकोट भेगमा पर्ने दैबुजल क्षेत्रमा विगत तीन दशकदेखि पुरिएको भनिएको गुफाको यकिन स्थान पहिचान हुन नसक्दा प्राग् ऐतिहासिक महत्व रहेको हुनसक्ने गुफा ओझेलमा पर्दै आएको जनाइएको छ । नगरपालिकाले सो गुफाको अन्वेषण तथा खोजीमा सहयोग गरिदिन त्रिविविमा पत्राचार गरेपछि संस्कृति विभागले तत्कालीन विभागीय प्रमुख प्रा डा सोमप्रसाद खतिवडाको नेतृत्वमा सात सदस्यीय विज्ञ समिति गठन गरेको थियो । सोही टोलीले जेठ २ गते प्रस्तावित गुफा क्षेत्रमा इआरटीप्रविधिको प्रयोग गरी अन्वेषण गरेको थियो ।

पहिलो चरणमा विज्ञ टोलीले स्थानीवासीसंगको अन्तवार्ता सहित इआरटी प्रविधिले देखाएका नतिजा (भूभौतिकि ) प्रतिवेदन आइतबार चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, उपप्रमुख वसन्ती श्रेष्ठ र नगरप्रवक्ता एवं चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीलाई हस्तान्तरण गरेको थियो । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रका अध्यक्ष सुदर्शन अर्यालको नेतृत्वमा खटिएको प्राविधिक टोलीले जेठ ६ गते विश्वविद्यालयसमक्ष इआरटीको प्राविधिक प्रतिवेदन पेस गरेको थियो ।

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स