आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १५ प्रतिशत लाभांश घोषणा गरेको छ। असोज २१ गते बसेको सञ्चालक समितिको बैठकमा सो निर्णय गरिएको हो।
लघुवित्तले हाल कायम ६४ करोड १६ लाख १६ हजार रुपियाँ चुक्ता पुँजीको आधारमा १४.२५ प्रतिशत अर्थात् ९ करोड १४ लाख ३० हजार रुपियाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत अर्थात् ४८ लाख १२ हजार रुपियाँ नगद गरी, कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपियाँ लाभांश वितरण प्रस्ताव गरेको छ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरिएपछि सेयरधनीहरूलाई वितरण गरिने संस्थाले जनाएको छ।

















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया