टेस्ला, स्पेसएक्स, एक्स (ट्विटर) लगायतका कम्पनीका मालिक तथा विश्व धनाढ्य एलन मस्कले एप्पलले आईफोनमा अपरेटिङ सिस्टममा ओपन एआई एकीकृत गरे आफ्ना कर्मचारीलाई आइफोन चलाउन नदिने चेतावनी दिएका छन्।
मस्कले ट्विटरमा एक पोस्ट गर्दै आइफोन वा ओपन एआईले प्रयोगकर्ताको डाटा गोप्य राख्ने नराख्नेमा चिन्ता व्यक्त गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।
सोमबार आइफोन उत्पादन गर्ने कम्पनी एप्पलले च्याट जिपिटी निर्माण गरेको कम्पनी ओपन एआई सँगको सहकार्यमा आइफोनमा नयाँ एआई फिचर ल्याउने योजना सार्वजनिक गरेको थियो।


प्रतिकृया