instainsta

आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ३ गते
आज प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै
AdvertisementAds

आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठकमा पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रस्तावमा छलफल हुने बताइएको छ।

ढुंगानाको आइतबार दिउँसो उपचारका क्रममा निधन भएको थियो। सभामुख देवराज घिमिरेले उनलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्न प्रधानमन्त्री र कानुनमन्त्रीलाई सुझाव दिएका थिए।

ढुंगानाको अन्त्येष्टि आज पशुपति आर्यघाटमा हुनेछ। त्यसअघि बिहान साढे ११ बजे सानो गौचरनमा श्रद्धाञ्जली सभा आयोजना हुने छ, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहनेछ।

वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ देखि २०५१ सालसम्म सभामुख थिए र सरकार-माओवादी शान्तिवार्ताका सहजकर्ताको भूमिकामा रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स