आज देशभर मौसम आंशिकदेखि साधारण बदली रहने

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २७ गते
आज देशभर मौसम आंशिकदेखि साधारण बदली रहने

हाल देशभर मनसुनी वायुको प्रभाव छ भने न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

सोही कारण अहिले बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार​ आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थान चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन ​सक्ने विभागले जनाएको छ ।

त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स