SHAREHUBSHAREHUB

आज घिउसिमी र धनियाँको मूल्य बढ्यो, अन्य तरकारीको मूल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १ गते
AdvertisementAds
आज घिउसिमी र धनियाँको मूल्य बढ्यो, अन्य तरकारीको मूल्य कति ?
AdvertisementAds

कालिमाटी तरकारी बजार विकास समितिलेआजका लागि तरकारी, फलफुल र माछाको मूल्य सार्वजनिक गरेको छ, जसअनुसार आज घिउसिमी र हरियो धनियाको भाउमा वृद्धि भएको छ। आज घिउसिमी ११० रुपियाँले बढेर प्रतिकिलो २३५ रुपियाँ पुगेको छ, जुन हिजो १२५ मा कारोबार भएको थियो।

त्यस्तै, हरियो धनियाँ हिजो १७६ रुपियाँमा कारोबार भएकोमा आज २५० रुपियाँ पुगेको छ, प्रति किलो ७४ रुपियाँ महँगो भएको हो।

बिहीबार कालिमाटीमा ठूलो गोलभेंडा १३५, बन्दा ५५, प्याज १०२, भन्टा ५५, मटरकोशा १९०, करेला ७५, चिचिन्डो २५, र कुरिलो प्रतिकिलो ५०० रुपियाँमा कारोबार भइरहेको छ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. कार्तिक ०१, २०८१

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स