आज गोलभेंडाको भाउ घट्दा अन्य तरकारीको मूल्य कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १४ गते
आज गोलभेंडाको भाउ घट्दा अन्य तरकारीको मूल्य कति पुग्यो ?

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ, जसअनुसार आज गोलभेंडाको मूल्य घटेको छ ।

आजका लागि लोकल गोलभेंडाको भाउ न्युनतम प्रतिकिलो २० रुपियाँ निर्धारण गरिएको छ । हिजो भने २५  रुपियाँमा किनबेच भएको थियो ।

त्यस्तै, ठूलो गोलभेंडा पनि १० रुपियाँ घटेर ५० रुपियाँ कायम भएको छ ।

साथै सुकेको प्याज भारतीय १३० रुपैयाँ, गाजर ९० रुपैयाँ, बन्दा ६० रुपैयाँ, काउली १२०,लौका ४०, भिंडी ३० रायो साग ९० रुपैयाँमा किनबेच भईरहेको छ ।

उता ताजा माछा रहू न्युनतम ३४०, बचुवा २५०, छडी २४०, राजा च्याउ २८०, सिताके च्याउ ९४० रुपैयाँमा कारोबार भएको छ ।

दैनिक मूल्य बारे जानकारी – वि.सं. भदौ १४, २०८१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स