SHAREHUBSHAREHUB

आज करेलाको मुल्य बढ्दा घिरौँलाको घट्यो, अन्य तरकारीको मुल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २३ गते
AdvertisementAds
आज करेलाको मुल्य बढ्दा घिरौँलाको घट्यो, अन्य तरकारीको मुल्य कति ?
AdvertisementAds

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफुल र माछाको मुल्य सार्वजनिक गरेको छ जसअनुसार आज तनेबोडी र करेलाको मूल्यमा वृद्धि भएको छ।

तनेबोडी हिजोको ११५ रुपैयाँ प्रतिकिलोबाट ३० रुपैयाँले बढेर १४५ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, करेला पनि अघिल्लो दिनको ६५ रुपैयाँबाट ३० रुपैयाँले बढेर ९५ रुपैयाँमा पुगेको छ।

शुक्रबार बजारमा अन्य केही तरकारीको मूल्य यस प्रकार छ: गोलभेंडा ८५, लोकल गोलभेंडा ४०, रातो आलु ८३, प्याज १२२, काउली ६५, लौका ३५ र घिरौंला ५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। घिरौँलाको मूल्यमा १० रुपैयाँको गिरावट आएको छ, जसले हिजोको ६५ रुपैयाँबाट घटेर आज ५५ रुपैयाँमा झरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स