आईपीओ नआएपछि डिम्याट खाता निष्क्रिय: लगानीकर्ताको चासो घट्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २७ गते
आईपीओ नआएपछि डिम्याट खाता निष्क्रिय: लगानीकर्ताको चासो घट्दै

पछिल्लो समय नयाँ सेयर निष्काशन नभएपछि डिम्याट खाता निष्क्रिय हुन थालेका छन्। सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) का अनुसार हाल कुल ६४ लाख ३३ हजार डिम्याट खातामध्ये करिब ४३ प्रतिशत निष्क्रिय छन्। सक्रिय प्रयोगकर्ताको संख्या भने ३६ लाख ५८ हजार मात्रै छ।

हालै समता घरेलु लघुवित्तको ‘एफपीओ’ अंकित मूल्य रु. १०० मा खुलेको थियो। यसअघि प्रतिकित्ता लगभग रु. ९०० मा कारोबार भइरहेको यो कम्पनीको एफपीओ रु. १०० मा खुले पनि भर्नेको संख्या केवल १४ लाख ३२ हजारमा सीमित रह्यो। तीन वर्षअघि आईपीओमा सहभागिता लगभग २४ लाख पुगेकोमा अहिले त्यो संख्या घट्न थालेको छ। एफपीओमा सीमित चासो देखिँदा आईपीओ/एफपीओ प्रति लगानीकर्ताको रुचि घट्दै गएको संकेत गरेको छ।

गत वर्षदेखि कुनै पनि नयाँ आईपीओ जारी नभएपछि सर्वसाधारणले खाता नवीकरणमा पनि ध्यान दिन छाडेका छन्। तर,  डिम्याट खाता नवीकरण नगरी आईपीओ भर्न र कारोबार गर्न नमिल्ने भए पनि, नवीकरण कुनै पनि बेला एकमुष्ट गर्न सकिने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स