instainsta

आईपीएल २०२५ मेगा अक्सन: पहिलो दिनकै तुफान, पन्त र अय्यरको बोलिमा इतिहास रचियो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १० गते
आईपीएल २०२५ मेगा अक्सन: पहिलो दिनकै तुफान, पन्त र अय्यरको बोलिमा इतिहास रचियो
AdvertisementAds

आइतबारबाट सुरू भएको आईपीएल २०२५ का लागि मेगा अक्सनमा ५७७ खेलाडीको नाम सूचीबद्ध गरिएको छ। दुई दिनसम्म चल्ने अक्सनमा विभिन्न आठ टोलीले खेलाडी भित्र्याउन उत्साहपूर्वक बोली लगाइरहेका छन्।

पन्त र अय्यरको कीर्तिमानी बोली

अक्सनको पहिलो दिन, लखनउ सुपर जायन्ट्सले विकेटकिपर ब्याटर ऋषभ पन्तलाई २७ करोड भारूमा किन्न सफल भयो। पन्त यस सिजनको महँगा खेलाडी बनेका छन्।

यसैगरी, श्रेयस अय्यरलाई पञ्जाब किंग्सले २६.७५ करोड भारूमा टोलीमा भित्र्याएको छ। यी दुई खेलाडीले आईपीएल इतिहासमै उच्चतम मूल्य तोड्दै कीर्तिमान राखेका छन्।

अघिल्लो महँगा खेलाडीको रेकर्ड तोडियो

यसअघि आईपीएलका महँगा खेलाडी अस्ट्रेलियाका मिचेल स्टार्क थिए। उनलाई सन् २०२४ को अक्सनमा कोलकाता नाइटराइडर्सले २४.७५ करोड भारूमा टोलीमा ल्याएको थियो।

अक्सनको पहिलो दिनमा बिक्री भएका खेलाडीहरूको सूची:

ऋषभ पन्त: २७ करोड भारू (लखनउ सुपर जायन्ट्स)

श्रेयस अय्यर: २६.७५ करोड भारू (पञ्जाब किंग्स)

अर्शदीप सिंह: १८ करोड भारू (पञ्जाब किंग्स)

युजवेन्द्र चहल: १८ करोड भारू (पञ्जाब किंग्स)

कागिसो रबाडा: १०.७५ करोड भारू (गुजरात टाइटन्स)

जोस बटलर: १५.७५ करोड भारू (गुजरात टाइटन्स)

मोहम्मद सिराज: १२.२५ करोड भारू (गुजरात टाइटन्स)

मिचेल स्टार्क: ११.७५ करोड भारू (दिल्ली क्यापिटल्स)

डेभिड मिलर: ७.५० करोड भारू (लखनउ सुपर जायन्ट्स)

लियाम लिभिङ्स्टन: ८.७५ करोड भारू (बेंगलुरु)

केएल राहुल: १४ करोड भारू (दिल्ली क्यापिटल्स)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स