सूचना प्रविधि क्षेत्रमा स्थापित नाम र उद्यमी असगर अलीले अब जलविद्युत् व्यवसायमा कदम चालेका छन्। उनी सञ्चालकको रूपमा संलग्न रहेको एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको तादी-घ्याङफेदी जलविद्युत् आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ।
नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जी प्रालिका प्रतिनिधिबीच भदौ १७ गते उक्त पीपीएमा हस्ताक्षर भएको हो। सम्झौतामा प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक राजन ढकाल र कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले हस्ताक्षर गरे।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ स्थित तादी खोलामा निर्माण गरिने यो आयोजना असगर अलीको जलविद्युत् क्षेत्रमा पहिलो महत्वपूर्ण कदम हो। हालसम्म आयोजनाको सम्पूर्ण अध्ययन पूरा भइसकेको छ र निर्माण कार्य आगामी असोज २९ गतेबाट सुरू गरिने योजना छ।
यो आयोजनाको लागत १ अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ भने २०८४ बैशाखसम्म व्यावसायिक उत्पादन शुरू गर्ने लक्ष्य राखिएको छ। वार्षिक रूपमा ४८.७४६ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने अपेक्षा राखिएको यो आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत १० किलोमिटर टाढा रहेको प्राधिकरणको समुन्द्रटार सबस्टेसनमा जोडिनेछ। अलि ईसेवाका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् भने हाल प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना तथा प्रविधि विज्ञमा कार्यरत छन् |
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया