आँखुखोला जलविद्युत कम्पनीले आज, असोज ११ गतेदेखि अवितरित हकप्रद सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो।
यसअघि, कम्पनीले साउन २७ देखि भदौ १६ सम्म १ सेयर बराबर १.५ सेयरको अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरका १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको थियो। जसमध्ये, १७ लाख ५० हजार २४८ कित्ता सेयर बिक्री नभएकाले लिलामीमा आएको हो।
लिलामीमा जो कोही व्यक्ति, कम्पनी, वा संघसंस्थाले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। सेयरको आधार मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ, र लगानीकर्ताले यो वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्नुपर्नेछ।
इच्छुक लगानीकर्ताले असोज २० गतेभित्र नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवेदन दिन सक्नेछन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया