उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय आगामी दिनमा व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने बताएका छन् । अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उनले मन्त्रालयले थप पुँजी परिचालन गरी लगानी वृद्धि गर्नका लागि व्यावसायिक र औद्योगिक वातावरण बनाउँदै जाने बताए ।
अर्थमन्त्री पौडेलले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सार्मथ्य लगाउन सरोकार भएका सबैलाई निर्देशन दिए। राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा सकारात्मक प्रभाव पर्ने बताए । बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनर्निर्माण गर्न स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए ।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया