लगानीकर्ता उपेन्द्र पाठकले स्वदेशी लगानीकर्ता रुवाएर अन्तराष्ट्रिय लगानी सम्मेलन गर्नुको कुनै औचित्य नभएको बताएका छन्। बजारको चिरफारको पोडकास्ट ‘अब के हुन्छ’ मा बोल्दै पाठकले सरकार र नियामकहरुले लिने नीति अत्यन्तै अस्थिर हुन जाँदा त्यसको मारमा सेयर लगानीकर्ताहरु परेको बताएका हुन्। पाठकले वैशाख १६ र १७ गते हुन गइरहेको लगानी सम्मेलनमा पुंजी बजारमा लगानी कर्ताहरुले सम्मेलन स्थल घेराउ गर्ने चेतावनी दिएका छन्। उनले स्थायी नीति नियमको लागि एकपटक सडकमा उत्रिनै पर्ने आवश्यकता रहेको बताएका छन्।
पूँजी बजारका लगानीकर्ताले नीतिगत सुधारका लागि बारम्बार माग राख्दै आएता पनि सरकार र नियामकहरुले नसुनेको भन्दै यो समय आफ्ना आवाज चर्को स्वरले सुनाउने सबैभन्दा उपुक्त समय भएको पनि उनले बताए। स्वदेशी लगानीकर्ताहरु सडकमा उत्रिएको देख्दा विदेशी लगानीकर्ताहरुमा समेत नकारात्मक असर पर्ने डरकै कारण पनि सरकार छिटो माग पुरा गर्न बाध्य हुने पनि पाठकको धारणा छ। पाठकले अर्थमन्त्री वर्षमान पुनले विभिन्न निकायहरुलाई पूँजी बजारको सुधारका लागि भन्दै ७ दिन भित्र कार्ययोजना मागेको तर कार्ययोजना बुझिसकेपछि त्यसलाई दराजमा थन्क्याएको भन्दै पूँजी बजारका लागि कोहि पनि संवेदनशिल रुपमा प्रस्तुत नभएको भन्दै रोष समेत प्रकट गरे।
पाठकले सरकार समक्ष कुरा पुर्याउनका लागि सामाजिक संजाल मार्फत दबाब दिने, मुखमा कालो पट्टि बाँधी अंग्रेजी अक्षरमा लेखिएका प्ले कार्ड बोकेर लगानी सम्मेलन स्थल परिसरमा बस्ने बाहेक अरु विकल्प नरहेको बताएका छन्। उनले बैंक वित्तिय संस्थाहरु घाटामा जानुमा पनि सरकारको खराब पोलिसी कारक रहेको बताए। सरकारले प्रत्यक्ष रुपमा लगानीकर्ताका कुरा नसुन्ने भएकाले बाध्य भएर सडकमा उत्रिने निष्कर्षमा पुगेको समेत उनले बताए।
धितोपत्र बोर्डको काम प्रिमियममा आइपीओ निष्कासन गर्न अनुमति दिनु मात्र नभएको भन्दै हिजो जोखिमयुक्त भन्दै ५१ वटा कम्पनीहरुको लिस्ट निकाल्नसक्ने धितोपत्र बोर्ड अहिले बुक भ्यालु भन्दा तल धेरै कम्पनीहरुको मूल्य आईसक्दा लगानीयोग्य कम्पनीहरु भनेर ‘लिस्ट’ किन निकाल्दैन भन्दै पाठकले धितोपत्र बोर्डलाई समेत प्रश्न गरेका छन्।







![के नेप्सेले बटम लगाउँदैछ? टेक्निकल एनालाइसिसले के भन्छ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-5-768x432.jpg)
![इतिहासकै सबैभन्दा ठूलो IPO को कथा, के छ त्यस्तो Elon Musk को SPACE X मा ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-4-768x432.jpg)
![थोरै पैसामा गर्न सकिने बिजेनसहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-3-768x432.jpg)
![कस्तो रहला डा. भट्टको कार्यशैली ?, पूँजी बजारले खोजेको सुधारको सुरुवात हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-2-768x432.jpg)

![सेयर मार्केटमा अब के गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/qMcF0IIfXKg-SD.jpg)





प्रतिकृया