अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद सेयर लिलामीमा ल्याएको छ। कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा आवेदन नपरेको १९ लाख ९२ हजार १३४ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो। कम्पनीले बिक्री खुला गरेको हकप्रद सेयर मंगलबार (चैत २७ गते) बाँडफाँट भएको थियो ।
कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ताका लागि मात्र आवेदन परेको थियो । जसमध्य १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद बिक्री हुन नसकेको सेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो | कम्पनीले उक्त सेयर वैशाख १० गतेदेखि २४ गतेसम्म बिक्री खुल्ला गर्ने भएको छ ।
लिलामीमा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले आवेदन दिन पाउनेछन्। सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। सेयर खरीदको लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नक्साल काठमाडौं, मुक्तीनाथ विकास बैंकका तोकिएका शाखा ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगंज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुङ्गा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्नेछन् ।








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया