अमेरिकी राष्ट्रपति निर्वाचन: कसले कुन राज्यमा जित निकाले?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २१ गते
अमेरिकी राष्ट्रपति निर्वाचन: कसले कुन राज्यमा जित निकाले?
AdvertisementAds

अमेरिकी राष्ट्रपति चुनाव २०२४ को नतिजा आउन सुरु भएसँगै रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा देखिएको छ। पूर्व राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा पुनः प्रवेश गर्दै दुई फरक कार्यकालमा निर्वाचित हुने दोस्रो व्यक्ति बन्न खोजिरहेका छन् भने ह्यारिस इतिहास रच्दै अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने प्रयासमा छिन्।

बुधबार बिहान प्रारम्भिक परिणामहरूका आधारमा एसोसिएटेड प्रेसले ट्रम्पलाई केही अग्रता दिएको छ। तर, क्यालिफोर्निया र न्युयोर्कजस्ता मुख्य राज्यमा जित निकाल्दै ह्यारिस मत परिणाममा ट्रम्पलाई पछ्याउँदै छिन्। क्यालिफोर्नियामा सबैभन्दा धेरै ५४ र न्युयोर्कमा २८ इलेक्टोरल भोट छ, जुन ह्यारिसको जितमा महत्वपूर्ण साबित हुनेछन्।

अर्कोतर्फ, ट्रम्पले ४० इलेक्टोरल भोट भएको टेक्सास राज्यमा जित हासिल गरेका छन्। उनले आफ्नै गृह राज्य फ्लोरिडामा पनि जित निकाल्दै ३० थप भोट पाएका छन्।

अहिलेसम्मको नतिजा अनुसार प्रमुख राज्यहरूमा ट्रम्प र ह्यारिसले जितेका इलेक्टोरल भोटको विवरण यस प्रकार छ:

डोनाल्ड ट्रम्पले जितेका राज्यहरू

टेक्सास (४० इलेक्टोरल भोट)

फ्लोरिडा (३० इलेक्टोरल भोट)

ओहायो (१७ इलेक्टोरल भोट)

नर्थ क्यारोलाइना (१६ इलेक्टोरल भोट)

साउथ क्यारोलाइना (९ इलेक्टोरल भोट)

टेनेसी (११ इलेक्टोरल भोट)

इन्डियाना (११ इलेक्टोरल भोट)

मिसौरी (१० इलेक्टोरल भोट)

अलाबामा (९ इलेक्टोरल भोट)

लुइजियाना (८ इलेक्टोरल भोट)

केन्टकी (८ इलेक्टोरल भोट)

ओकलाहोमा (७ इलेक्टोरल भोट)

अर्कान्सस (६ इलेक्टोरल भोट)

आयोवा (६ इलेक्टोरल भोट)

मिसिसिपी (६ इलेक्टोरल भोट)

क्यान्सास (६ इलेक्टोरल भोट)

वेस्ट भर्जिनिया (४ इलेक्टोरल भोट)

कमला ह्यारिसले जितेका राज्यहरू

क्यालिफोर्निया (५४ इलेक्टोरल भोट)

न्युयोर्क (२८ इलेक्टोरल भोट)

इलिनोइस (१९ इलेक्टोरल भोट)

न्यु जर्सी (१४ इलेक्टोरल भोट)

वासिंगटन (१२ इलेक्टोरल भोट)

म्यासाचुसेट्स (११ इलेक्टोरल भोट)

कोलोराडो (१० इलेक्टोरल भोट)

ओरेगन (८ इलेक्टोरल भोट)

न्यु मेक्सिको (५ इलेक्टोरल भोट)

रोड आइल्याण्ड (४ इलेक्टोरल भोट)

अमेरिकी राष्ट्रपति बन्न २७० इलेक्टोरल भोट आवश्यक हुन्छ। ती मध्ये कसले २७० भोटको बहुमत हासिल गर्ने हुन् भन्ने विषयमा संसारभरको ध्यान केन्द्रित छ।

(इन्डिया टुडे बाट अनुवादित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स