नेपालको लोकप्रिय डिजिटल वालेट इ-सेवा र नेपालको प्रख्यात सोल्टी होटेल एण्ड रिसोर्ट्सबीच व्यावसायिक सहकार्यका लागि साझेदारी भएको छ।
इ-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र सोल्टी होटल लिमिटेडका निर्देशक सुदर्शन चापागाईंले सम्झौतामा हस्ताक्षर गरेका छन् | सम्झौता अनुशार सोल्टी होटल्स तथा रिसोर्टसको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका सदस्यहरुले इसेवाबाट सोल्टी होटल्स तथा रिसोर्टसको कुनै पनि होटलमा बसाइ बुकिंगमा तथा खान पान गरे वापत क्यासब्याक र लोयाल्टी पोइन्ट पाउने व्यवस्थाका लागि इसेवा र सोल्टी होटल्स तथा रिसोर्टस ब्राण्डबीच सम्झौता भएको हो । इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले सोल्टी होटलले आफ्ना प्रयोगकर्तालाई केन्द्रमा राखेर रिवार्ड पोइन्ट कार्यक्रम सञ्चालन गर्नु आतिथ्यसत्कार क्षेत्रका लागि उदाहरणीय कार्य गरेको बताए। प्रविधिको सहयोगले प्रयोगकर्तालाई फराकिलो सेवा दिनुले सेवाग्राहीलाई निकै सहज र सरल हुने उनको भनाइ थियो।
















प्रतिकृया