SHAREHUBSHAREHUB

अग्निप्रसाद सापकोटाले भने, “सरकारले आफ्नालाई जोगाएर विपक्षी नेतालाई छानीछानी जेल हाल्न थाल्यो”

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ८ गते
AdvertisementAds
अग्निप्रसाद सापकोटाले भने, “सरकारले आफ्नालाई जोगाएर विपक्षी नेतालाई छानीछानी जेल हाल्न थाल्यो”
AdvertisementAds

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान सरकारले आफ्ना दलका नेताहरूलाई जोगाउँदै विपक्षी दलका नेताहरूलाई लक्षित गरी कारबाही गरिरहेको आरोप लगाएका छन्।

बिहीबार पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अतीतमा भने सबैलाई समान रूपमा कारबाही गरिएको थियो, तर अहिले विपक्षी नेताहरूलाई छानी छानी मुद्दा लगाई जेल हाल्ने काममा केन्द्रित गरिएको छ।”

सापकोटाले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका ऋषिकेश पोखरेललाई प्रमाण हुँदाहुँदै पनि संरक्षण गरिएको आरोप लगाए। माओवादी केन्द्रले कार्तिक १० गते सरकारलाई उत्तरदायी बनाउन खबरदारी सभा गर्ने निर्णय पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स