नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान सरकारले आफ्ना दलका नेताहरूलाई जोगाउँदै विपक्षी दलका नेताहरूलाई लक्षित गरी कारबाही गरिरहेको आरोप लगाएका छन्।
बिहीबार पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अतीतमा भने सबैलाई समान रूपमा कारबाही गरिएको थियो, तर अहिले विपक्षी नेताहरूलाई छानी छानी मुद्दा लगाई जेल हाल्ने काममा केन्द्रित गरिएको छ।”
सापकोटाले नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका ऋषिकेश पोखरेललाई प्रमाण हुँदाहुँदै पनि संरक्षण गरिएको आरोप लगाए। माओवादी केन्द्रले कार्तिक १० गते सरकारलाई उत्तरदायी बनाउन खबरदारी सभा गर्ने निर्णय पनि गरेको छ।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया