शाओमीले नेपाली बजारमा रेड्मी नोट १५ सिरिज सार्वजनिक गर्यो, कति पर्छ मूल्य ?

शाओमीले नेपाली बजारमा रेड्मी नोट १५ सिरिज सार्वजनिक गर्यो, कति पर्छ मूल्य ?
AdvertisementAds

विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन लाइनअप रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। यस सिरिजमा चार मोडेलहरू—रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी—समावेश छन्, जसले फरक–फरक आवश्यकता र बजेटका प्रयोगकर्तालाई लक्षित गर्छ।

सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जी मा ६,५०० एमएएच क्षमताको सिलिकन–कार्बन (SiC) ब्याट्री, १०० वाट हाइपरचार्ज र २२.५ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ। यसमा २०० मेगापिक्सेल HPE इमेज सेन्सर, ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले, स्न्यापड्रागन ७एस जेन ४ प्रोसेसर, IP66/IP68/IP69/IP69K प्रमाणीकरण र २.५ मिटर ड्रप–रेसिस्टेन्स क्षमता छ।

रेड्मी नोट १५ प्रो ५जी मा पनि २०० मेगापिक्सेल क्यामेरा, समान स्तरको डिस्प्ले र मिडियाटेक डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ। ६,५८० एमएएच ब्याट्री, ४५ वाट चार्जिङ र एआई क्रिएटिभिटी टुलहरू यसका प्रमुख फिचर हुन्।

त्यसैगरी, रेड्मी नोट १५ ५जी मा ५,५२० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, स्न्यापड्रागन ६ जेन ३ चिपसेट र ६.७७ इन्च एमोलेड डिस्प्ले छ। यसमा IP66 वाटर रेजिस्टेन्स, NFC र इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि उपलब्ध छन्। रेड्मी नोट १५ ४जी मा ६,००० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, मिडियाटेक हेलियो जी१०० अल्ट्रा चिपसेट र १२० हर्ट्ज रिफ्रेस रेटको डिस्प्ले छ।

शाओमीले यस सिरिजलाई ‘रेड्मी टाइटन’ अवधारणासहित मजबुत बनावट, लामो ब्याट्री आयु, धुलो–पानी प्रतिरोध र झर्दा कम क्षति हुने क्षमतासहित प्रस्तुत गरेको छ। सबै मोडेलमा गुगल जेमिनी, सर्कल टु सर्च, शाओमी हाइपरओएस र वेट टच २.० जस्ता सुविधा समावेश छन्।

AdvertisementAds

लन्च अवसरमा शाओमीले २०२६ जनवरी १९ देखि फेब्रुअरी १४ सम्म विशेष प्रवद्र्धनात्मक अफर घोषणा गरेको छ। यस अवधिमा शाओमी बड्समा छुटसहितको बन्डल अफर र सबै मोडेलमा ९ महिना ० प्रतिशत ईएमआई सुविधा उपलब्ध हुनेछ। रेड्मी नोट १५ सिरिज नेपालभरि टेलिडाइरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रा.लि.को डिलर नेटवर्कमार्फत बिक्रीमा उपलब्ध छ।

मूल्यतर्फ, रेड्मी नोट १५ प्रो+ ५जी रु. ५९,९९९–६६,९९९, रेड्मी नोट १५ प्रो ५जी रु. ४९,९९९–५६,९९९, रेड्मी नोट १५ ५जी रु. ३९,९९९–४६,९९९ र रेड्मी नोट १५ ४जी रु. २९,९९९–३५,९९९ निर्धारण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स