रविविरुद्धको आरोपपत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

रविविरुद्धको आरोपपत्र संशोधन स्वीकृति दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता
File Photo
AdvertisementAds

रवि लामिछानेविरुद्धको आरोपपत्र संशोधन गर्न स्वीकृति दिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

युवराज पौडेलले महान्यायाधिवक्ताको उक्त निर्णय संविधान तथा कानूनविपरीत रहेको दाबी गर्दै त्यसको बदरको मागसहित रिट निवेदन पेश गरेका हुन्।

सर्वोच्च अदालतको मुद्दा महाशाखामा दर्ता भएको रिट निवेदन हाल कर्मचारीहरूले अध्ययन गरिरहेका छन्। पौडेलले मुद्दा फिर्ता हुन सक्ने जोखिम रहेको उल्लेख गर्दै मुद्दासम्बन्धी काम कारबाही अघि नबढाउन अन्तरिम आदेशको माग पनि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स