नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्चमा रिट, अन्तरिम आदेश पाउला?
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कृष्ण बहादुर थापाले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाउँदै मंगलबार रिट दायर गरेका हुन्।
थापाले धितोपत्र बोर्डबाट जारी निर्देशिका, २०७९ र धितोपत्र ऐन, २०६३ को दफा ११८ संविधानको धारा १, ४६, र १६२ सहितका प्रावधानहरूसँग बाझिएको भन्दै यी व्यवस्था अमान्य गराउन माग गरेका छन्। सर्वोच्चमा बहस जारी छ। अदालतले अन्तरिम आदेश दिएमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स तत्कालका लागि रोकिनेछ।