अझै नियन्त्रणमा आउन सकेन अमेरिकाको डढेलो, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?



Advertisement
Ads

अमेरिकाको लसएन्जलसमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। डढेलोले अहिलेसम्म २४ जनाको ज्यान लिइसकेको छ भने २३ जना अझै बेपत्ता रहेका छन्।

डढेलोको शुरुवात प्यालिसेड्स क्षेत्रको पहाडी भूभागबाट भएको थियो । आगो इटन र हर्स्ट क्षेत्रका बस्तीहरूमा समेत फैलिएको छ। डढेलोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको रूपमा प्यालिसेड्सलाई पहिचान गरिएको छ, जहाँ २३ एकडभन्दा बढी जमिन आगलागीले ध्वस्त भएको छ। हालसम्म यहाँ जम्मा १४ प्रतिशत क्षेत्रमात्र आगो नियन्त्रणमा आएको छ।


Advertisement

आगो निभाउन ५,००० भन्दा बढी जनशक्ति परिचालित गरिएको छ। इटन क्षेत्रमा आगोको प्रभाव अझ ठूलो रहेको छ, जहाँ १४ हजार एकड क्षेत्र प्रभावित भएको र ३३ प्रतिशत क्षेत्रमात्र नियन्त्रणमा आएको छ। तर, ३३ प्रतिशत क्षेत्रको आगो पूर्ण रूपमा निभाइएको नभई आगो थप फैलिन नदिन सफल भएको अर्थमा लिइएको छ।

मौसम विभागका वैज्ञानिक रिच थम्प्सनका अनुसार सेन्टा आना हावाको तीव्र वेगले आगो फैलिन अझ सहज बनाएको छ। उनले आगो तत्काल रोकिने अवस्था नरहेको बताउँदै उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन्।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर