नेकपा एमालेका केन्द्रीय सदस्य मल्ल किन पक्राउ परे ?

नेकपा एमालेका केन्द्रीय सदस्य मल्ल किन पक्राउ परे ?

नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ललाई प्रहरीले सोमबार पक्राउ गरेको छ। उनीमाथि २० लाख ५० हजार रुपैयाँको चेक अनादरसम्बन्धी कसुरको आरोप लागेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, मल्लमाथि अनुसन्धान भइरहेको छ। महाराजगन्ज प्रहरी वृत्तले यो मुद्दा हेरिरहेको जानकारी अधिकारीले दिएका छन्।

मल्लविरुद्ध नेकपा (एमाले) कै अर्का नेता पुष्पराज पहराईले जाहेरी दिएका हुन्। अहिले मल्लमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स